अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश


काठमाडौँ। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेश गरिएको छ ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सो प्रतिवेदन पेश गरेका हुन्।

संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुपर्ने हुन्छ ।