आइतबार २१ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबार पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने ३ ओटा उपसमुहको सेयर मूल्य घटेको छ ।

आइतबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ७१ लाख ४८ हजार ८०१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ५.२५ प्रतिशतले बढेको छ ।

त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।