साउन महिनाको लागि १३ ओटा वाणिज्य बैंकहरुले ब्याजदर घटाए


काठमाडौँ । साउन महिनाको लागि १३ ओटा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार ५ ओटा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहेको छ भने २ ओटा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएका छन् ।

कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर बढाएका छन् । साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ६.२९८५ प्रतिशत ब्याज दिने छ भने एभरेष्ट बैंकले ६.३ प्रतिशत ब्याज दिने छ ।

नेपाल एसबिआई बैंक ६.३ प्रशतिशत, लक्ष्मी सनराइज बैंक ६.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंक ७ प्रतिशत, नबिल बैंक ७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले ७ प्रतिशत ब्याजदर दिने छन् । यी बैंकहरुले असारमै दिएको ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले ६.२१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.२५ प्रतिशत, नेपाल बैंकले ६.२५ प्रतिशत, प्राइम कर्मशियल बैंकले ६.५ प्रतिशत, कुमारी बैंकले ६.७१ प्रतिशत, सानिमा बैंकले ६.४ प्रतिशत, सिटिजन्स बैंकले ६.७५ प्रतिशत, सिद्धार्थ बैंकले ६.७५ प्रतिशत, प्रभु बैंकले ७ प्रतिशत, माछापुच्छे« बैंकले ७ प्रतिशत, एनएमबी बैंकले ७.५३ प्रतिशत, एन आई सी एशिया बैंकले ७.५३ प्रतिशत र हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।