काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार ७० अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने १ ओटा उपसमुहको सेयर मूल्य घटेको छ ।
मंगलबार नेप्सेमा न्याग्दी ग्रुप पावार लिमिटेडको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ७७ लाख ४९ हजार ११७ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन ५ ओटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने ३ ओटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।
कुल ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्