कति पुग्यो सुनको मूल्य ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको छ ।