नेपाल वायुसेवा निगमले तिर्‍यो ४३ करोड रुपैयाँ बढि ऋण


काठमाडौं । नेपाल वायु सेवा निगमले जहाज खरिदवापतको असार महिनाको किस्ता भुक्तानी गरेको छ ।

निगमले अन्तराष्ट्रिय उडानको लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको २०८१ असार महिनाको किस्ता ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ असारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २ सय ४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको हो ।

यस्तै किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी विश्वव्यापी कोरोना भाइरसका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न दुई कोषलाई निगमको आग्रह छ ।

????????????????????????????