काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा उछाल आएको छ । सरकार परिर्वतनसँगै उत्साहित बनेका लगानीकर्ताको आज पनि मनोबल उच्च बनेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ अंकमा पुगेको छ । नेप्से परिसूचक २५ महिनाकै उच्च अंकमा पुगेको हो ।
आजको दिन नेप्सेमा कारोबार भएका सबै उपसमहुको सेयरमूल्य बढेको छ ।
बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । फाइनान्सको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा ५ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
कुमारी सबल योजना नामक म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कुल ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्