प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल र आर्थिक सल्लाहकार खतिवडा नियुक्त


काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णुप्रसाद रिमाल नियुक्त गरेको छ ।

बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रधानमन्त्रीको विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेको छ ।

सरकारले मन्त्रीपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको छ । जसमा राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तोकेको छ ।