सिटिजन्स बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट


काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले बुद्ध एयरमा १२ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंक र बुद्ध एयर प्रालिबिच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको होृ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ ।

छुट बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने उल्लेख गरिएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।