कुखुराको मासुको भाउ किलोमा १५ रुपैयाँले घट्यो


काठमाडौं । कुखुराको मासुको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले आजदेखि लागु हुने गरी कुखुराको मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटाएको हो ।

मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २५० रुपैयाँ र मासुको मूल्य प्रतिकिलो २६० देखि २६५ रूपैयाँ निर्धारण गरिएको छ । यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २७५ देखि २८० रुपैयाँ थियो ।