नेप्से २० अंकले घट्दा, कारोबार रकम १९ अर्ब माथि


काठमाडौँ । साताको कारोबारको दोस्र्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज –नेप्से)का अनुसार सोमबार सेयरमापक सूचक नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ अंकमा रोकिएको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुह बढेका छन् भने बाँकी ११ वटा उपसमुह राताम्ये बनेका छन् । सोमबार नेप्सेमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६१ करोड१२ लाख ८६ हजार ६ सय ८३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.७७ प्रतिशतले बढेको छ ।त्यस्तै आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ ।

कुल ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १ सय ६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।