आम नागरिकको चुलो महँगाे हुँदा पनि किसानले उचित मूल्य पाएका छैनन्ः मन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आम नागरिकको चुलो महँगाे हुँदा पनि किसानले उचित मूल्य नपाएको बताएका छन् ।

आज कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन बुझ्ने कार्यक्रममा बोल्दै उनले आम नागरिकको चुलो महग्गो हुँदा पनि किसानले आफ्नो परिश्रमको मूल्य नपाएको बताउँदै उक्त विकृतिको अन्त्य गर्न पहल गर्ने बताएका हुन्।
उनले समितिले प्रस्तुत गरेको समस्या र अगामी योजनाहरूको विषयमा मन्त्रालयमा नै छलफल गरेर यसको समाधान गर्न आवश्यक रहेको बताए ।

कालीमाटी बजारसँग काठमाडौँका आधा नागरिकहरू यसमा आत्मनिर्भर रहेको अवस्था हुँदा पनि कालीमाटी बजारलाई सोचे अनुरुप व्यवस्थित गराउन नसकेको स्विर्कार समेत गरे ।

उनले भने,“सबैभन्दा महत्वपूर्ण कुरा त मन्त्रालय र समितिको तर्फबाट कमजोरी भयो भने देशभरि नै समस्या सिर्जना हुन्छ त्यसैले हामीलाई कमजोरी गर्नको लागि छुट पनि छैन । समितिले प्रस्तुत गरेका विचारहरुलाई हामीले अध्ययन गर्नपर्ने जरुरी देखेको छु ।” उनले तरकारी बिना भान्सा नचल्ने भएकाले यसको व्यवस्थापनको लागि हाम्रो ध्यान जान आवश्यक रहेको बताए।

उनले बजारमा देखिएका समस्याहरू देखाउन र कर्मचारीहरूले पनि उत्साहित भएर काम गर्नको लागि अपिल गरेका छन् । उनले भने,“सरकारी काम कहिले जाला घाम भन्ने तरिकाले काम भएको छ । तर त्यो नहोस् हामी समय कटाउने प्रविृतको अन्त्य गर्नुपर्छ र यसलाई व्यवस्थित गर्नुपर्छ ।”

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले कालीमाटी तरकारी बजार देशकै व्यवस्थित बजार रहेको र पछिल्लो सयम विभिन्न सरोकारवालाको सहयोगले थप व्यवस्थित बन्दै गएको बताए ।

उनले समितिले कुनैपनि व्यवसायीहरूले किसानको पैसा नतिरेको प्रमाण प्राप्त गरे तुरुन्त फिर्ता समेत गर्दै आएकाले किसानको परिश्रमको रकम नपाउने अवस्था नरहेको दाबी गरे । उनले कालीमाटीका मुख्य समस्या कालीमाटीमा फोहोर व्यवस्थापनको लागि ९२ लाख खर्च भएको तर अझैपनि व्यवस्थित हुन नसकेको बताउँदै उनले मन्त्री अधिकारीको ध्यानकर्षण गराएका छन् ।

उनले भने, “कालीमाटी बजारमा गाडीहरूको आवतजावतमा समस्या भएको छ त्यसले गर्दा अझै समस्या पारेको छ भने बजार भित्र माछा पसलहरु भएकाले त्यसबाट आउने गन्धले गर्दा अझै फोहोर भएकाले त्यसलाई व्यवस्थित बनाउन दिगो योजना लिएर अघि बढाउनुपर्ने देखिन्छ ।”

कालीमाटी बजारको वार्षिक आम्दानी २१ करोड १२ लाख हुदैँ आएको बताउँदै उक्त रकम बजारलाई व्यवस्थित बनाउनदेखि तरकारी र फलफुलको विषादी परिक्षण समेत गर्दै आएको पौडेलले बताए । विषादी परिक्षणको काम केही मात्रा भएकाले यसको क्षमता वृद्धि गरेर थप फराकिलो बनाउन आवश्यक रहेको पौडेलले बताए ।

त्यस्तै बागमती प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री मधुकुमार श्रेष्ठले कालिमाटी बजार व्यवस्थित रुपमा सञ्चालन भएको जस्तो आफूलाई महसुस नभएको बताए । उनले किसानका कतिपय तरिकारी, फलफुल, फुलहरु नबिकेर फाल्नु परेको जस्ता समस्या हामीले भोग्दै र देख्दै आएका बताउँदै यसलाई अगामी दिनमा व्यवस्थित रूपमा अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दिपक खरालले उपभोक्तालाई गुण्स्तरीय तरकारी र फलफुल उपल्बध गराउन समितिले विशेष पहल गर्नुपर्ने बताए । उनले राज्य विस्तारै अर्गानिक तर्फ जादैँ गरेको त्यै खालको तरिकारी र फलफुल उपल्बध गराउन निर्देशन दिएका छन् ।

उनले भने, “नेपालको तरकारी बजारमा कालीमाटी एउटा आर्दश बजारको रूपमा चिनाउने तरिकारले काम गर्न आवश्यक छ । त्यसले गर्दा तपाईँहरूले त्यै अनुरुप काम गर्नुहुन्छ भन्ने लागेको छ ।” उनले बजारलाई थप व्यवस्थित राख्नको लागि मन्त्रालयले समन्वय गर्ने बताए ।