सिटिजन्स बैंक र सूर्य हस्पिटलबिच सम्झौता


काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगञ्जमा रहेको सूर्य हस्पिटल प्रा.लि बिच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।