एक वर्षमा निर्जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय ४१ अर्ब, कुनले कति गरे ?


काठमाडौँ । गत आर्थिक वर्ष २०८०\८१ मा नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीहरूले कुल ४१ अर्ब रुपैयाँको बिमाशुल्क संकलन छन्। नेपाल बिमा प्राधिकरणकाे तथ्याङ्क अनुसार साे अवधिसम्म कम्पनीहरूले २ करोड ८४ लाख ९९ हजार ओटा बिमालेख बिक्री गरेका छन् ।

याे अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बिमाशुल्क आर्जन गरेको छ। कम्पनीले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ७८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ३ अर्ब ७२ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

त्यसैगरि नेको इन्स्यारेन्सले ३ अर्ब १४ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ, सानिमा जिआइसीले २ अर्ब ६१ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड रुपैयाँको कुल बिमाशुल्क संकलन गरेकाे प्राधिकरणकाे तंथ्याकले देखाएकाे छ ।