सरकारले आम उपभोक्ताको हितमा काम गर्छः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले मूल्यवृद्धिलगायतका आम उपभोक्ताको हितको कामलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् ।

बुधवार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाली काँग्रेस आपूर्ति तथा उपभोक्ता विभागका पदाधिकारी तथा प्रतिनिधिहरूसँगको भेटमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

मन्त्री लेखकले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा देखिएको समस्या जायज भएकाले यसको समाधानका लागि सरकार क्रियाशील भएर लागिपर्ने बताए । उनले आम नागरिकाक समस्या समाधान गर्ने दायित्व सरकारको भएकाले त्यसलाई गम्भिरतापूर्वक लिएर कार्यान्वयनमा लैजाने आश्वासन दिए ।

त्यस अवसरमा विभागले गृहमन्त्री लेखकलाई आम उपभोक्ता मूल्य वृद्धिको मारमा परेको, भारतबाट हुने गरेका चोरी निकासीका कारण स्वदेशी उत्पादनले बजार नपाएको र राजस्व समेत गुमाउनु परेकोलगायतका मागसहितको ज्ञापन पत्र बुझाएको थियो ।

गृहमन्त्री लेखकले आम उपभोक्ताको हितका लागि बुझाएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको बूदाहरू आफूले सक्रियतापूर्वक कार्यान्वयनमा लैजाने बताए ।