माछापुच्छ्रे बैंकको नाफा घट्यो


काठमाडौँ। आर्थिक वर्ष २०८०/८१ मा माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको बैंकको नाफा गत आर्थिक वर्षमा १७.९७ प्रतिशतले कमी आएको हो ।

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको छ भने जेगडा तथा कोषमा पनि ५ अर्ब ६७ करोड ३० लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १०.७६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ भने १४८.८० रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा ०.८६ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्म १.५६ प्रतिशत कायम भएको छ ।

बैंकको निक्षेप संकलन १ खर्ब ५७ अर्ब ९४ करोड १८ लाख रुपैयाँ कायम भएको छ भने १ खर्ब २७ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।