काठमाडौँ । आज (मङ्गलवार) काठमाडौँ उपत्यकामा बिहानैदेखि अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् भने नदी किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् ।
साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्