सेयरबजारमा छायो हरियाली


काठमाडौं । धेरै दिनपछि सेयरबजारमा आज हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयरमापक सूचक नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ अंकमा रोकिएको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.८० अंकले बढेर ४३६.३५ अंकमा पुगेको छ ।

नेप्सेमा आइतबार कारोबार भएका १३ उपसमुहमध्ये ११ उपसमुहको सेयर बढेको छ भने २ वटा उपसमु्हको सेयर घटेको छ ।

आज नेप्सेमा कारोबार रकमको आधारमा नागरिक लगानी कोषको सार्वधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ५३ लाख ५९ हजार ४ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आजको दिन जाल्पा सामुदायिक लघुवित्त लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.९२ प्रतिशतले घटेको छ ।

कुल २३३ कम्पनीको ३३ लाख ४१ हजार २ सय १४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६४ लाख १६ हजार ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।