नेप्से ४४ अंकले बढ्याे


काठमाडौं । साताको कारोबारको सुरुवात दिनदेखि सकरात्मक बनेको सेयरबजारमा आजपनि हरियाली छाएको छ । नेप्सेमा छाएको हरियालीसँगै लगानीकर्ताको आशा पनि फर्किन थालेको देखिन्छ । मंगलबार नेप्से परिसूचक ४४ अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार हुँदै गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक परिसूचक नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३.०० अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ७.७६ अंकले बढेर ४४७.१४ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार करमका आधारमा ङादी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बरुण हाइड्र पावर लिमिटेड, ङादी ग्रुप पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नबिल समृद्ध फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको सेयरमूल्य ४.८२ प्रतिशतले घटेको छ ।
कुल २२६ कम्पनीको ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।