काठमाडौँ आइपुगे ओमानका विदेशमन्त्री


काठमाडौँ । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन् ।

विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा नेपाल आएका हुन् । दुई देशका विदेशमन्त्रीबिच दुई देशको आपसी हितबारे छलफल हुनेछ ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ । उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ ।