काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा ब्याज २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्दा हर्जाना नलाग्ने जनाएको छ ।
राष्ट्र बैंकले वित्तीय चेतना सार्वजनिक गर्दै निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको ब्याजलाई पुँजीकरण गर्न तथा कुनै किसिमको पेनाल ब्याज, शुल्क, हर्जाना, ब्याजको ब्याज बैंक तथा वित्तीय संस्थाले लिन नपाउने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा ब्याज २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्थाले समयावधि थप गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार यो थप अवधिभित्र कर्जाको साँवा ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले पुर्वनिर्धारित सर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज भने लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्