काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयर घटेको छ ।
कारोबार रकमका आधारमा चन्द्रागिरी हिल्स अग्रस्थानमा रहेको छ । कम्पनीको ४३ करोड ७ लाख ८६ हजार ९४९ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा ३ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आजको दिन कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.८८ प्रतिशतले घटेको छ ।
कुल ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्