काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ नयाँ नयाँ सवारी साधनको अवलोकन गर्न आउने अवलोकनकर्ताको चाप बढ्दो छ । भदाैँ ११ देखि सुरू भएकाे १६ औँं संस्करणको नाडा अटो शोको आज अन्तिम दिन समेत रहेको छ ।
उसो त मेलामा विभिन्न कम्पनीहरूले आफ्ना नयाँ ब्राण्डहरू आम ग्राहकहरूमाझ पस्किएका छन् । त्यसले गर्दा ग्राहकहरूले एउटै छानामनुी पुगेर नयाँ नयाँ ब्राण्डका सवारी अवलोकन गर्न र बुकिङ गर्न पाउँछन् । त्योसँगै मेलामा दिपलको स्टलले समेत आम ग्राहकलाई तान्न सफल भएको छ । आकर्षक डिजाइन र लुक्सका कारण दिपलका दुई विद्युतीय कार एस०७ र एल०७ ले नाडामा आएका हरेक अवलोकनकर्ताले एक पटक उभिएर हेरेर जान बाध्य बनाएकाे छ ।
नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितकर एमएडब्लु वृद्धि अटोकर्प हो । दिपल एस०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४ सय १० किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिने कम्पनीकाे दाबी छ ।
अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् । संगीत, फोन कल र फोटो खिच्ने लगायत फङ्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’ का माध्यमबाट हातको संकेतले कमान्ड लिन सक्छ । साथै, यसमा ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ (एआर एचयूडी) छ । यसले ‘रियल टाइम नेभिगेसन’ लगायत महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहजमात्र बनाउँदैन, सुरक्षित पनि बनाउने कम्पनीले जनाएकाे छ ।
त्यस्तै क्याबिनको बिचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ छ, जुन टचस्क्रिन ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैं फर्किन्छ । दिपल एस०७ मा ‘वेलकमिङ सिट’ पनि छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसन आफैं मिलाइदिन्छ ।त्यसैगरी, भर्खंरै सार्वजनिक गरिएको दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रूपमा बेजोड छ।
ग्राहक तान्न छुट
नाडा अटो शोमा बिग ब्यांग अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य ७१ लाख ९९ हजार रूपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने कम्पनीले जनाएकाे छ ।
यो योजना मार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन्। यसका साथै चांगानले नाडा अटो शोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षको लागि ७.९९ प्रतिशत ब्याजदरमा आफ्नो बनाउन सक्नेछन्। नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बनेको कम्पनीको दाबी छ ।
वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ आदि जसले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक इभी बनाएको कम्पनीको भनाइ छ। ६६.८ किलोवाट आवर ब्याट्री भएको यो इभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज दिन्छ।
प्रतिक्रिया दिनुहोस्