सोमबार नेप्सेमा ५५ अंकको गिरावट, कारोबार रकम ९ अर्ब रुपैयाँ


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयरबजारमा गिरावट आएको छ । सोमबार सेयरबजार ५५.८६ अंकले घटेर २६४६.०३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहहरु घटेका छन् ।

सोमबार सिइडिबी हाइड्रोपवार डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ५७ हजार ८०२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.९८ प्रतिशतले बढेको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.७८ प्रतिशतले घटेको छ ।

कुल ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।