नेप्सेमा २२ अंकको गिरावट, कारोबार रकम ६ अर्बमा खुम्चियो


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ वटा उपसमुहमध्ये १० वटा उपसमुह घटेका छन् भने बाँकी ३ वटा उपसमुह बढेका छन् ।

बुधबार नेप्सेमा सिइडीबी हाइडोको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८८५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन वीन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज एशियन हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।