असोज महिनामा कुन बैंकले कति प्रतिशत दिन्छ ब्याज ?


काठमाडौँ । असोज महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । असोज महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ ओटा वाणिज्य बैंकहरुले घटाउँदा ९ ओटाको स्थिर र २ ओटा वाणिज्य बैंकहरुले बढाएका छन् ।

एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, सानिमा बैंक, कुमारी बैंक, प्राइम कर्मशियल बैंक, नेपाल एस बि आई बैंक, एभरेष्ट बैंक र एन आई सी एशिया बैंकले ब्याजदर घटाएका छन् ।

माछापुच्छे« बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्र्डड चार्टड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकास बैंक र नेपाल बैंकले भने ब्याजदर बढाएका छन् । यी बैंकले असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ६.०७ प्रतिशत र ५.९५ प्रतिशत ब्याज दिने छन् ।

एनएमबी बैंकले ६.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७ प्रतिशत, नबिल बैंकले ६.७५ प्रतिशत, सानिमा बैंकले ५.९ प्रतिशत, कुमारी बैंकले ६.०१ प्रतिशत, प्राइम कर्मशियल बैंकले ६.२५ प्रतिशत, नेपाल एस बि आई बैंकले ६ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत र एन आई सी एशिया बैंकले ७.१८ प्रतिशत ब्याजदर तोकेका छन् ।

माछापुच्छे« बैंकले ७ प्रतिशत, सिद्धार्थ बैंक ६.५ प्रतिशत, लक्ष्मी सनराइज बैंक ६.५ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.२५ प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकले ७ प्रतिशत, सिटिजन्स बैंक ६.५ प्रतिशत, हिमालयन बैंकले ७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत ब्याजदर तोकेका छन् ।