नबिल बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशतसम्म छुट


काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले ¥याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा छुट पाउने भएका छन् । नबिल बैंक र ¥याडिसन होटल बिच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र ¥याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले ¥याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।

¥याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिल बैंकको भनाइ छ ।