दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब रुपैयाँ


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ५ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ ।

कम्पनीको २७ करोड ८० लाख २७ हजार ७१५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । इस्र्टन हाइड्रो, आत्मनिर्भर लघुवित्त र अप्पर स्याङ्गे कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.६५ प्रतिशतले घटेको छ ।

कुल ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।