नेप्सेमा ५९ अंकको गिरावट, ४ कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ५९.०२ अंकले बढेर २५२९.३३ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुह घटेका छन् ।

सोमबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८४ अंकले बढेको छ ।

त्यस्तै आज चार कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६ सय ८३ रुपैयाँको कारोबार भएको छ ।