उपभोक्ता मूल्य सु्चकांकको डालो परिमार्जन, ५२५ वस्तु तथा सेवाको गणना हुने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सुचकांकको डालो परिमार्जन छ । आर्थिक वर्ष २०७०/७१ लाई आधार वर्ष मानेर गणना हुँदै आएको उपभोक्ता मूल्य सुचकांक अब आधार वर्ष २०८०/८१ अनुसार गणना गरेर नेपाल राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गर्ने छ ।

राष्ट्र बैंकले आधार वर्ष २०७०/७१ मा ४९६ ओटा वस्तु तथा सेवाको मूल्य सुचकांक गणना हुने भएपनि आधार वर्ष २०८०/८१ अनुसार अब ५२५ वस्तु तथा सेवाको मूल्य गणना हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

उपभोक्ता मूल्य सुचकांकको पुरानो डालोबाट राष्ट्र बैंकले १०६ ओटा सेवा हटाएको छ । पुरानो डालोबाट १०६ ओटा वस्तु तथा सेवा हटाएको अहिले धेरै प्रयोग भइरहेको वस्तु तथा सेवा थप गरेर ५२५ पुर्याएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय जीवनस्तर सर्वेक्षणको आधारमा डालो परिमार्जन गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकले ७७ जिल्लाको ८७ स्थानबाट मूल्य संकलन गर्ने गरेको छ ।

अब नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सुचकांक प्रदेश अनुसार पनि सार्वजनिक गर्ने भएको छ । देश प्रदेशमा गइसकेपछि प्रदेश सरकारलाई पनि सजिलो होस् भन्ने उदेश्यले प्रदेश अनुसार तथ्यांक सार्वजनि गर्न लागेको कार्यकारी निर्देशक भट्टले बताए ।