वैदेशिक लगानीलाई प्रवद्र्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यकः ज्ञवाली


काठमाडाैँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवद्र्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्ने विशेष अधिकार दिनेगरी कानूनी व्यवस्था गर्न जरुरी रहेको बताएका हुन्।

उनले लगानी बोर्डले लगानीकर्ताहरुले अपेक्षा गरेको एकद्वार सर्भिस सेन्टरको बारेमा कुरा गर्न थालेको १२ वर्ष भएपनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको बताए । उनले लगानी बोर्ड र नेपाल राष्ट्र बैंकमार्फत गर्ने व्यवस्थामा पनि स्पष्ट नीति नभएको कारण समस्या रहेको बताए ।

उनले बोर्डकै फ्रेमवर्कबाट राष्ट्र बैंकबाट जनशक्ति आउने र काम गर्न पनि कहाँबाट प्रवेश गर्ने र कसरी टुङ्गिने भन्ने नीतिगत रुपमा स्पष्ट नरहेको बताए ।उनले आयोजनाहरुको एआइए गर्न बोर्डबाट तत्काल खोजे पनि त्यसको लागि स्पष्ट नीति आवश्यक रहेको बताए । उनले लगानी बोर्डलाई सुपर पावर अधिकार सम्पन्न निकाय बनाउने गरी काम थालनी भएको बताए ।

उनले लगानी बोर्डमार्फत वैदेशिक लगानी प्रवद्र्धन गर्नको लागि नेपालका कुटनीतिक नियोगसँग समन्वय गर्ने वातावरण बनाइने बताए ।