काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै कम्पनी सञ्चालक समितिले अन्य आयोजना सञ्चालन गर्नको लागि चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्