काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ अंकमा पुगेको छ ।
सोमबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १ ओटा उपसमुहको सेयरममूल्य घटेको छ ।
आजको दिन नेप्सेमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड ६९ लाख ६४ हजार २७ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकै लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आजको दिन प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.३६ प्रतिशतले घटेको छ ।
कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्