नेप्सेमा ११४ अंकको उछाल, १८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमा नै उछाल आएको छ । आज नेप्सेमा सबैभन्दा धेरै फाइनान्स उपसमुह ९.७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम १.६६ प्रतिशतले म्युचुअल फण्ड उपसमुह बढेको छ ।

मंगलबार नेप्सेमा सबैभन्दा धेरै एनएलजी फाइनान्समा लगानीकर्ता आर्कषित भएका छन् । कम्पनीको सबैभन्दा धेरै २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएका मध्ये १८ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । तथ्यांकअनुसार १० प्रतिशतले बढ्नेमा अधिकांश फाइनान्स कम्पनीहरु रहेका छन् ।

आजको दिन नेप्सेमा म्यूचअुल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।