नेपाल वेयरहाउजिङले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने


काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको ६३ औं बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

बैठकले हाल कायम रहेको चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१को अनुपातमा हकपद्र सेयर जारी गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले उल्लेखित हकप्रद सेयरको प्रस्ताव विषेश साधारण सभामा पेश गर्ने समेत निर्णय गरेको छ ।