कामना सेवा विकास बैंकको लाभासं पारित, सेयरधनीले १२ प्रतिशत लाभाशं पाउने


काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाले बैंकको लाभासं पारित गरेकाे छ । असोज ३० गते लिसारा रिसेप्सन नक्सालमा सम्पन्न भएको साधारणसभाले सेयर लगानीकर्तालाइ आकर्षक लाभाशं दिने भएकाे हाे ।

बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको हाे ।

साथै, उक्त साधारणसभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित भएकाे बैंकले जनाएकाे छ ।

त्यसैगरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैया बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०८१/८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।