हरि बुढाले जिते बेलायत सेनाको उत्कृष्ट मध्येको ‘इस्प्रिस्नल अवार्ड’


काठमाडौँ। पूर्व बलायती सेना हरि बुढा बेलायतको एक प्रसिद्ध राष्ट्रिय अवार्डका विजेता बनेका छन्। अवार्डका लागि अन्तिम तीनमा परेका बुढाले  विश्वभरबाट गरिएको भोटिङमा सबैभन्दा बढी भोट पाएर विजेता भएका हुन्। 

अंग्रजी पात्रो अनुसार अक्टोबर १६ (बुधवार) लण्डनमा एक कार्यक्रमकाबिच बेलायतीको आर्म फोर्सेस (आर्मी नेभी एयरफोर्स) समुदाय र भेटिरानस (आर्मी नेभी एयरफोर्स) समुदायको सबैभन्दा लोकप्रिय र महत्वपूर्ण अवार्ड दी सोलिरिङ अन अवार्डको इस्प्रिस्नल अवार्ड जितेका हुन्।

जजहरूले प्रमुख तीन जना मात्र छान्ने र तीन  जनामा पहिलो नम्बरमा पर्नका लागि पब्लिक भोटिङ आवश्यक पर्ने नियम छ । यो अवार्डले आफैमा ठुलो उपलब्ध भएको तथा यसले गोर्खाली र नेपालीलाई बेलायती जनता तथा सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक छाप छाडेको बुढाले बताए।

अवार्डको नियम अनुसार १० वटा क्याटेगोरीमा जजले छनोट गर्ने गर्छन् भने दुई वटा महत्वपूर्ण क्याटेगोरी पब्लिक भोटिङ बाट हुने गर्छ । जसमध्ये बुढा अन्तिम तीनमा परेर विजेता बनेको क्याटेगोरी विशेष महत्वकासाथ हेर्ने गरिएको छ। 

बुढाले भने, “मलाइ छनोट गर्ने र भोटिङ बाट प्रथम बनाउने सबै मेरा शुभचिन्तकहरूमा आभार व्यक्त गर्दछु । यो मैरो मात्र उपलब्धी हैन तपाइँहरू सबैको हो । गोर्खालीको बिरता र अपाङ्ग सचेतनाका लागि यो अर्को सकारात्मक खुड्किलोका रूपमा मैले लिएको छु।”

गत वर्ष घुँडाभन्दा माथिबाट दुबै खुट्टा गुमाएका पहिलो सगरमाथा आरोहीको विश्व रेकर्ड कायम गरेका रोल्पा स्थायी घर भएका बुढा विश्वका सात महादेशका सबैभन्दा अग्ला चुचुरा चढेर अर्को विश्व रेकर्ड कायम गर्ने यात्रामा छन् । सात मध्ये ४ आरोहण गरिसकेका छन् भने तीन वटा आरोहण प्रकृयामा छन्। 

गत महिना डेनाली हिमाल चढेका उनी अब आऊने जनवरीमा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल एकोनकागुवा आरोहण गर्ने योजना रहेको बुढाले बताए । त्यसपछि लगत्तै ओसिनिया र २०२५ को अन्ततिर या २०२६ को जनवरीरफेब्रअरी मा अन्टार्कटिकाको माउन्ट भेन्सन चढिसकेपछि समेभन समिट सकिनेछ।

बुढाले भने, “यो मानव सभ्यताको अर्को ठूलो ईतिहास हुनेछ। ७ वटा हिमाल मध्य प्राय जसो हिमालमा ईतिहास रचिने छ। तर मेरो लागि ईतिहास रच्नु भन्दा पनि अपांग जनजागरण गर्नु हो। सगरमाथा चड्ने भन्दा सेभने समिट गर्ने निकै न्युन मात्र छन्।”