बागमती प्रदेशमा कृषि कर्जा: काठमाडौंमा ४०.४ प्रतिशत कर्जा प्रवाह हुँदा रसुवामा ०.६ प्रतिशत


काठमाडौं । बागमती प्रदेशमा कृषि क्षेत्रमा कर्जा ३.३ प्रतिशतले वृद्धि भएको छ । बागमती प्रदेशले सार्वजनिक गरेको अर्ध वार्षिक प्रतिवेदनमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब ४१ करोड पुगेको जनाएको छ ।

गत वर्षको सोही अवधिमा कृषि कर्जा २०.२ प्रतिशतले वृद्धि भएको थियो । बैंक तथा वित्तीय संस्थाले कृषि कर्जामा समग्र कर्जाको ४.० प्रतिशत कर्जा प्रवाह गरेको उल्लेख गरेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौंमा ४०.४ प्रतिशत, चितवनमा २९.९ प्रतिशत, मकवानपुर ६.४ प्रतिशत, काभ्रेपलाञ्चोकमा ५.१ प्रतिशत, धादिङमा ४.० प्रतिशत, नुवाकोटमा ३.७ प्रतिशत, ललितपुरमा ३.१ प्रतिशत, भक्तपुरमा २.४ प्रतिशत, सिन्धुलीमा १.८ प्रतिशत, सिन्धुपाल्चोकमा १.२ प्रतिशत, दोलखामा ०.७ प्रतिशत, रामेछापमा ०.६ प्रतिशत र रसुवामा ०.६ प्रतिशत रहेको बागमती प्रदेशले उल्लेख गरेको छ ।