रवि लामिछाने सडकमार्ग हुँदै पोखरा जाने, समर्थक र सञ्चारकर्मीलाई सम्बोधन गर्ने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सडकमार्गबाट पोखरा जाने तयारीमा छन्। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछानेले प्रहरीसँग समन्वय गर्दै पोखरा जाने निर्णय गरेको बताएका छन्।

यात्राअघि लामिछानेले पार्टी कार्यालयमा उपस्थित समर्थकहरू र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको झाले जानकारी दिए।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेकाे छ । सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।