हाइफ्युचरकाे फ्युचरफिट जोन र इयरबड सार्वजनिक


काठमाडौं। हाइफ्युचरले स्मार्टवाच र टीडब्लूएस इयरबड नेपाली बजारमा सार्वजनिक गरेको छ । हाइफ्युचरले फ्युचरफिट जोन तथा फ्लाइबड्स स्मार्टवाच र टीडब्लूएस इयरबड सार्वजनिक गर्दै नेपालमा एउटा पावर प्याक्ड सिजनको शुरुवात गर्न लागेको जनाएको छ। कम्पनीका अनुसार फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरे अनुसार जीवनशैली प्रदान गर्छ।

फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४ ७ एसपीओ २ मनिटरिङ २० ओटा अलग अलग स्पोर्टस मोड रहेका छन् । यसको मूल्य ५ हजार ४९९ रुपैँया रहेको कम्पनीले जनाएको छ ।