चालू आर्थिक वर्षको २ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २० अर्ब रुपैयाँ नाफा कमाए


काठमाडौँ । चालू आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २० अर्ब २१ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको नाफा ११.४१ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले १८ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेका थिए ।

चालू आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् भने विकास बैंकहरुले एक अर्ब ६४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै, फाइनान्स कम्पनीहरुले ८७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।