चालू आर्थिक वर्षको ३ महिनामा कुन बैंकले कति नाफा कमाए ?


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा २१.६३ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको ३ महिनामा नाफा २१.६३ प्रतिशतले वृद्धि भएको हो ।

चालू आर्थिक वर्षको ३ महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ४८ लाख ४० हजार रुपैया खुद नाफा आर्जन गरेका थिए ।

यो अवधिमा माछापुच्छ«े बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफामा गिरावट आएको छ ।
नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, प्राइम कर्मशियल बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र प्रभु बैंकको नाफामा वृद्धि भएको छ ।

गत वर्षको यहि अवधिमा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले चालू आर्थिक वर्षको यो अवधिमा १९ करोड ९ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको ३ महिनामा माछापुच्छ«े बैंकको ७.१९ प्रतिशत, सानिमा बैंकको १७.२७ प्रतिशत, एनआईसी एशिया बैंकको ८९.०६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.८२ प्रतिशत, हिमालयन बैंकको ३१.२२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशतले नाफामा गिरावाट आएको हो ।

चालू आर्थिक वर्षको असोजसम्म माछापुच्छ«े बैंकले ५० करोड ३२ लाख ६३ हजार रुपैयाँ, सानिमा बैंकले ३९ करोड ९५ लाख ३० हजार रुपैयाँ, एनआईसी एशिया बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ, हिमालयन बैंकले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १५ करोड १३ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नबिल बैंकको ३९.९७ प्रतिशत, ग्लोबल आइएमई बैंकको २३.३६ प्रतिशत, सिद्धार्थ बैंकको ७९१.४३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४२०.५३ प्रतिशत, नेपाल बैंकको ३२२.९८ प्रतिशत, प्राइम कर्मशियल बैंकको ११.७५ प्रतिशत, एनएमबि बैंकको १८.९४ प्रतिशत, नेपाल एसबिआई बैंकको ७०.०१ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकको ४.१७ प्रतिशत, कुमारी बैंकको ३०८.५० प्रतिशत, एभरेष्ट बैंकको ४४.४४ प्रतिशत र प्रभु बैंकको ०.६२ प्रतिशतले नाफामा वृद्धि भएको हो ।

नबिल बैंकले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकले एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ, सिद्धार्थ बैंकले ३८ करोड २० लाख ८४ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ, नेपाल बैंकले ६० करोड २१ लाख ९८ हजार रुपैयाँ, प्राइम कर्मशियल बैंकले एक अर्ब २८ करोड ६७ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, एनएमबि बैंकले एक अर्ब १४ करोड ५६ लाख ३ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकले ८१ करोड ४६ लाख ५१ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टड बैंकले ८६ करोड २२ लाख १ हजार रुपैयाँ, कुमारी बैंकले एक अर्ब ७ करोड ८१ लाख ७७ हजार रुपैयाँ, एभरेष्ट बैंकले एक अर्ब १२ करोड ७७ लाख ४ हजार रुपैयाँ र प्रभु बैंकले एक अर्ब ४ करोड ६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।