दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कार्बाही


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ ओटा वाणिज्य बैंकहरुलाई कार्बाही गरेको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कार्बाही गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई आर्थिक वर्ष २०८१ ८२ को पहिलो त्रैमास र प्रभु बैंकलाई २०८० ८१ को चौथो त्रैमासमा कार्बाही गरेको हो । बैंक खाता खोल्दा÷सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएको भन्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सचेत गराएको छ ।

प्रभु बैंकलाई भने राष्ट्र बैंकले लकर रोक्का राख्न दिएको निर्देशन पालना नगरेकाले नेपाल राष्ट्र बैंकले सचेत गराएको जनाएको छ ।