विहीबार दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार एनएलजी इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख २० हजार ६५४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेपाल एसबिआई बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.७५ प्रतिशतले बढेको छ ।

त्यस्तै आज रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३१७ कम्पनीको एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।