काठमाडाैँ । टिभिएस मोटर कम्पनीले भारतमा आफ्नो सबैभन्दा लोकप्रिय कम्प्युटर बाइक टिभिएस रेडरको नयाँ भेरियन्ट ‘रेडर आइगो’ सार्वजनिक गरेको छ। कम्पनीले १० लाख युनिट बिक्रीको अवसरमा यो नयाँ भेरियन्ट ल्याएको हो, जसको मूल्य ९८ हजार ३९८ भारु तोकिएको छ।
उक्त बाइक सार्वजनिक भएसँगै टीभीएसको रेडर १२५ अब ६ वटा भेरियन्टमा उपलब्ध भएको छ । जसमा ड्रम, सिंगलसिट, स्प्लिट सिट, आइगो, एसएसई र एसएक्स रहेको छ ।
आइगो भेरियन्टमा १२४ सीसी एयर र आयल कुल्ड थ्री भी इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा ११.३८ पीएस र ६००० आरपीएममा ११.२ एनएम र्टक जनरेट गर्ने कम्पनीकाे दाबी छ । कम्पनीले यसमा टेलिस्कोपिक फोर्क, सेन्सर स्ट्यान्ड, भ्वाइस एसिस्ट, टर्न बाइ टर्न नेभिगेसन, कल ह्यानडेलिङ र नोटिफिकेसन म्यानेजमेन्ट जस्ता फिचर समावेश गरेको छ ।
रेडर आइगाेले बजाज पल्सर एन१२५ र हिरो एक्स्ट्रिम १२५आरसँग प्रतिस्पर्धा गर्ने अपेक्षा कम्पनीकाे छ ।
प्रतिक्रिया दिनुहोस्