काठमाडाैँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले यस धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ । जस अन्तर्गत तीन (३) जना भाग्यशाली विजेताहरुले १ हजार इकाई उपहार स्वरुप पाउने जनाइएकाे छ ।
यस योजनामा योग्य हुनका लागि ग्राहकहरुले एनआइएमबि बाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कार्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्ने क्यापिटलले जनाएकाे छ । क्यापिटलका अनुसार कार्तिक १३ गते राति ११ः५९ बजे सम्म रजिस्ट्रेशन गरेकोहरु मात्र लक्की ड्र मा पर्ने छन् ।
यस योजनाका विजेताहरुको घोषणा भने कार्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत लाईभ गर्ने जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्