झिनो अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ।

मंगलबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ९० लाख ८४ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सुपर माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार २३७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।