काठमाडौं उपत्यकामा सेञ्चुरी बैंकको २८ औं शाखा सञ्चालनमा


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर २५ असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको समुद्घाटन गरी सेवा सुरु गरेका हुन् ।

असन शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ । २०७८ चैत्र मसान्त सम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैँया निक्षेप संकलन र ८९ अर्ब ६५ करोड रुपैँया कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख रुपैँया खुद मुनाफा कमाएको जनाएको छ ।

बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने १० एक्सटेन्सन काउण्टर २४ शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।