काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटाको सेयरमूल्य घटेको छ।
मंगलबार गुडविल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड २८ लाख ६१ हजार २०६ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन गुराँस लघुवित्त वित्तीय संस्था र मेनचियम हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.३६ प्रतिशतले घटेको छ ।
कुल ३१२ कम्पनीको एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्