काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो ।
यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, बैंकिङ्ग र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन्, जसले एसएमई केन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।
सो अवसरमा एसएमई फाइनान्स फोरमका प्रमुख कमर सलीमले नेपाल बैंकर्स संघलार्ई एसएमई फाइनान्स फोरममा स्वागत गर्न पाउँदा खुसी लागेको बताउ“दै नेपालको उदयमान बजारलाई थप एसएमई वित्तीय पहुँच प्रबद्र्धन गर्न यसले मद्दत प¥ुयाउने बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनील के.सी.ले विशेष गरी नेपालमा नियामक निकाय र बैंकहरू दुवै साना र मझौला उद्यमी (एसएमई) का लागि वित्तीय पहुँचमा सुधार ल्याउनमा सक्रिय रूपमा केन्द्रित भएको परिवेशमा प्रतिष्ठित एसएमई फाइनान्स फोरममा सामेल हुँदा नेपालको बैंकिङ्ग क्षेत्रलाई विशेष रूपमा लाभ पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्